पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश

२२ जेष्ठ २०८२

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरूद्वको ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषरणको आदेश जारी गरेको छ ।सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दामा तीन थरी आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमाया लामाको पक्षमा सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।

सापकोटाविरूद्व काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया, कनकमणि दिक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । सवोच्चले दिक्षित र प्याकुरेलको रिट भने खारेज गरिदिएको छ ।