आफ्ताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार
३० जेष्ठ २०८२

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीसमाथि मोसो प्रहार भएको छ ।
आज नेकपा (बहुमत) का कार्यकर्ताले न्यायाधीश खुसीप्रसाद थारुमाथि उनकै कार्यकक्षमा पुगेर मोसो प्रहार गरेका हुन ।
बम विष्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका आलमलाई जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको थियो।
न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाई दिएको हो ।
मोसो प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: