विपक्षी दलहरूको बैठक बस्दै
३१ जेष्ठ २०८२

काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दैछ ।
आजको संसद बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
सत्तापक्षलाई माओवादी केन्द्रले दिएको ड्राफ्टमा एकमत बनाउन विपक्षी दलको बैठक बस्न लागेको बताइएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विपक्षी दल गृहमन्त्रीको राजीनामाबाट ब्याक हुने संकेत गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी टसमस भएको छैन ।
प्रतिक्रिया दिनुहोस्: