प्राधिकरणको २३ अर्ब बक्यौता छिटोभन्दा छिटो उठाउनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम तत्काल असुल गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले बक्यौता चाहीँ उठाउनुपर्ने र प्राधिकरण भासियो, सक्कियो भन्न छाड्नुपर्ने बताएका हुन् ।
‘विद्युत प्राधिकरणमा बक्यौता सम्बन्धी विवाद भयो । मलाई अच्चम लाग्छ, उद्योगी, व्यवसायी, व्यापारीहरुलाई म धेरै चिन्छु । मैले कसैसित बेनिफिट लिएको छैन । प्राधिकरणा कम्तीमा पनि २३ अर्ब उठाउन छ । अनि भासियो, सकियो भन्छौं । भएको नउठाउने भनी प्राधिकरण घाटामा गयो भनेर हुँदैन,’– उनले भने ।
उनले बक्यौता छिटोभन्दा छिटो उठाउनुपर्ने बताए । प्राधिकरण नाजुक भएको खण्डमा देश पनि नाजुक हुने उनले बताए । ‘बक्यौता छिटोभन्दा छिटो उठाउनै पर्छ । उठाएन भने अवस्था प्राधिकरणको पनि नाजुक हुन्छ, देशको पनि नाजुक हुन्छ । हामीहरुले नत्र किन तिर्ने ? छिटोभन्दा छिटो बक्यौताको समाधान होस्,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस्: