गाेकर्णमा “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने”

३२ श्रावण २०८२

काठमाडौं । नारीहरुको महान चाड हरितालिका तीजकाे अवसर पारेर जाेरपाटीमा विभिन्न संघ संस्थाले संयुक्त ‘तिज विशेष बृहत् साँस्कृतिक कार्यक्रम’ गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर ५ जाेरपाटी स्थित  छिमेकी पार्टी प्यालेसमा भाेलि भदौ १ गते आइतवार तरना कला केन्द्र,तरना महिला बिकास समिति तथा राष्ट्रिय जन संगित कलाकार संघ नेपालको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याति प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाईएको छ । नेपाली संस्कृतिलाई सम्मान साथै जगेर्ना गर्नको लागि आफुहरूले प्रत्येेक वर्ष नेपाली विशेष महत्वका पर्वहरूलाई मनाउँदै आइरहेको कार्यक्रम संयोजक बसन्ती लामा तामाङले बताईन् ।

नेपालीहरुको महान पर्व ‘तिज´ को अवसरमा आयोजना हुने कार्यक्रममा उपस्थित हुन् सबैलाई बिशेष गरी महिला दिदीबहिनीहरुलाई अनुरोध गरिएको उनी बताउँछिन् ।  कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान-प्रदान तथा तराना महिला विकास समितिकाे ७ औं वार्षिकोत्सब कार्यक्रम पनि रहेको समितिकि अध्यक्ष एवं कार्यक्रम संयाेजक लामाले बताइन् ।

कार्यक्रम छिमेकी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुनेछ । बिशेष गरि महिलाहरुलाई लक्षित गरि आयाेजना गरिएको कार्यक्रममा पिपल चाैतारी महिला समूह,शुभ बिहानी महिला समूह, नारायणटार महिला समुह र उत्तरगया महिला समूह सह- आयाेजकमा रहका छन् ।

यस्ता खाले कार्यक्रमले  दिदिबहिनीहरु बिच एक अर्कामा परिचय, सौहार्दता,आत्मीयताको वृद्धि गर्नका साथै सक्रिय बनाउन तथा नेपालको कला संस्कार संस्कृति र मौलिकतालाई संरक्षण गर्न सहयाेग पुग्ने आयाेजककाे विश्वास छ ।