वाग्मतीमा जलसतह सतर्कता तह पार,सतर्कता अपनाउन विभागको आग्रह
६ भाद्र २०८२

काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: