सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा,प्रतितोला दुई लाख १७ हजार १००
३१ भाद्र २०८२

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: