सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गर्ने उद्योगमन्त्री सिन्हाको निर्णय

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले यस्तो निर्णय गरेका हुन् । साथै सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् ।
यसैगरी अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् । पदभारपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री सिन्हाले देश अप्ठ्यारो परिस्थितिमा रहेको बताए ।
उनले भने, ‘पूरै देश नै अक्रान्त भएर बसेको अवस्था छ । राजनीतिक स्थायित्वव र जुन प्रयोजनका लागि आन्दोलन भएको थियो । सुशासनको अभाव, अवसरबाट वञ्चित लगायत चुनौतीहरूविरुद्ध जुन जेनजीको आन्दोलन भयो । अत्यन्तै दुःख लाग्छ । ७० जनाभन्दा बढिले ज्यान गुमाउनुभयो ।’ यसो भनिरहँदा मन्त्री सिन्हा भक्कानिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: