निकोलस भूसाल ५० हजार रुपैयाँ धरौटीमा रिहा

२७ कार्तिक २०८२

काठमाडौँ । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका डा. निकोलश भूसाल रिहा भएका छन् । उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भूसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो ।

भूसाललाई प्रहरीले कात्तिक १८ गते गोरखाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विष्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।