नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच मंसिर ७ गते एकता घोषणा गर्ने सहमति
२९ कार्तिक २०८२
काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती, नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोब र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीच पाँच बुँदे सहमति भएको छ ।
शुक्रबार उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य गरेर अगाडि बढ्न पाँच बुँदे सहमति भएको हो । सहमतिमा एकता तथा ध्रुवीरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ।
सहमतिमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको बताइएको छ । परियारले शुक्रबारै रास्वपा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्: