दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चकाे आदेश
५ मंसिर २०८२
काठमाण्डाै – भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुका कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।
आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमवार मध्यराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: