आगामी निर्वाचनका लागि ८ लाख ३७ हजार ९४ मतदाता थप
७ मंसिर २०८२
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगले असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ताका लागि समय दिएको थियो ।
यो अवधिमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका आयोगले जनाएको छ । बायोमेट्रिकमार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० मतदाता थपिएका आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: