जेनजीसँगको सम्झौता वमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय
२६ मंसिर २०८२
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सरकार र जेनजी पक्षबीच भएको सम्झौता अनुसार पाँचवटा कार्यक्षेत्र थप्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बुधबार सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै राजपत्रमा छाप्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: