नेपाल उद्योग व्यापार महासंघ ललितपुरको अध्यक्षमा पुन:राज घिमिरे निर्विरोध निर्वाचित
ललितपुर । नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको अध्यक्षमा पुन: राज घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ ।
मंगलबार सम्पन्न महासंघकाे दोस्रो जिल्ला अधिवेशनले घिमिरेकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेकाे हाे । महासंघकाे वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल, उपाध्यक्षहरूमा तिर्थ बहादुर लामा, गणेश लामा, नविन महर्जन र उषा काफ्ले निर्वाचित भएका छन् ।
यसैगरी, महासचिवमा अन्जान गौतम, उप-महासचिवमा राज कार्की, सचिवमा उपेन्द्र कलवार, सन्त बहादुर तामाङ र सञ्जय लामा तथा कोषाध्यक्षमा बेलमती रोकाया चयन भएका छन् रहेका छन्। यस्तै, सह-काेषाध्यक्षमा दिपक बुडाथोकी र टीमाराम खत्री निर्वाचित भएका छन् ।
अध्यक्ष घिमिरेले संस्थालाई साना तथा मझौला व्यवसायीको हितमा काम गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्दै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न सबै क्षेत्र लाग्नु पर्ने बताउँदे अध्यक्ष घिमिरेले मुलकलाई समृद्धिको बाटोमा लिन औद्योगिकरण र नेपाली उत्पादनको निर्यात वस्तुको रहेको समेत बताउनुभयाे ।
अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचन मार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताउनुभएकाे छ । निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा वहाँकाे थियाे ।
कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित),नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासंघ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल,विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायीहरु, पत्रकार लगायतको सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्: