आगामी माघ २८ गते साधारणसभा गर्ने एन्फाको निर्णय
१६ पुष २०८२
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा आगामी माघको अन्तिम साता हुने भएको छ । बुधबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले आगामी माघ २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: