तत्कालीन गृहमन्त्री लेखकको स्थान हद फुकुवा गर्ने जाँचबुझ आयोगको निर्णय
१७ पुष २०८२
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरी लेखकको स्थान हद फुकुवा गरेको जानकारी दिएको हो । लेखकले गत सोमबार आयोगमा बयान दिएका थिए ।
यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो ।
विज्ञप्तिमा घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्: