भेनेजुएलाको राजधानी कराकसमा अमेरिकी आक्रमण,राष्ट्रपति मदुरो सेनाको नियन्त्रणमा
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणमा राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन् ।
उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन् । मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन् भने भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
सीबीएस न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो ।
डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो । यसअघि भेनेजुएलाको राजधानी कराकाससहित उक्त देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएका थिए ।
त्यसक्रममा सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्: