बयानका लागि सात दिनभित्र उपस्थित हुन ओलीलाई जाँचबुझ आयोगको पत्र

२० पुष २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाएको छ ।

आयोगले बयानका लागि ओलीलाई पत्र काटेको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिएका छन् । आयोगले भक्तपुरको गुण्डुस्थित निवासमै पुगेर ओलीलाई पत्र बुझाएको छ । उनलाई सातभित्र बयानका लागि आयोगमा उपस्थित हुन भनिएको छ ।

यसअघि गत सोमबार तत्कालीन गृहमन्त्रीले आयोगमा पुगेर बयान दिएका थिए । तर तत्कालीन प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने भन्दै सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आएका छन् ।