राष्ट्रियसभामा चुनावी तालमेल गर्दा एमालेले ७ सीट दाबी गर्ने
२२ पुष २०८२
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा ७ सीट दाबी गरेको छ । मंगलबारको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा एक एक जना रहनेगरी ७ सीटमा आफूहरूको दाबी रहेको जानकारी दिए ।
अध्यक्षले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।
राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जाने विषयमा ओलीले पटक पटक छलफल गरिसकेका छन् । राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सीटमा माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्: