कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ:विश्वप्रकाश शर्मा
१ माघ २०८२
काठमाडौँ । पार्टीबाट निस्कासनमा परेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दुबै दृढ रहेको बताएका छन् ।
कारबाहीपछि सामाजिक संजालमार्फत शर्माले भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुबै दृढ छौँ । बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहीनेतृत्व दिनेछ !’

प्रतिक्रिया दिनुहोस्: