सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
३ माघ २०८२
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार सरकार र महाअभियानकाबीच भएको वार्तामा २७ बुँदे माग र सवालहरूका विषयमा सरकारकातर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसोदेखि भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: