देउवा समूहको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,गगनलाई काम गर्ने बाटो खुल्यो
७ माघ २०८२
काठमाडौँ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको आदेशसँगै नयाँ कार्यसमितिलाई काम गर्न सहज भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।
आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष अदालत गएको हो । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: