चुनाव जित्न उठेको म, उम्मेदवारी फिर्ता होइन, जनताको प्रतिनिधि बनेर आउँछुः आशिका तामाङ
१० माघ २०८२
काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् । जर्मनीको पिआर लिएकाले उम्मेदवारी फिर्ता लिएको भन्दै खबर सार्वजनिक भएपछि उनले आफूले उम्मेदवारी फिर्ता नलिएको बताएकी हुन् । उनले हल्लाको पछि नलाग्न आग्रहसमेत गरेकी छन् ।
उनले भनेकी छन्, ‘हल्लाको पछि नलागौं । चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म ।’ जर्मन नागरिकसँग विवाह गरेकी आशिकासँग विदेशी परिचयपत्र भएको आरोप लाग्दै आएको छ । तर उनले त्यसलाई अस्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्: