इरान भ्रमणमा नजान र भएका नेपालीलाई छिटो फर्किन‘ट्राभल एड्भाइजरी’ जारी
काठमाडौँ । इरानमा विकसित हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली नागरिकहरूलाई अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एड्भाइजरी जारी गरी हाल इरानमा बसोबास वा कार्यरत नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यम प्रयोग गरी यथाशीघ्र देश छोड्न अनुरोध गरेको हो ।
इरानमा रहेका नेपाली नागरिकहरूलाई आपतकालीन अवस्थामा सहज रूपमा देशबाट बाहिरिन सक्ने उद्देश्यले पासपोर्ट तथा परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ ।
यस सन्दर्भमा १३ जनवरी २०२६ मा जारी गरिएको परराष्ट्र मन्त्रालयको यात्रा परामर्श (ट्राभल एड्भाइजरी) पनि अवलोकन गर्न आग्रह गरिएको छ । मन्त्रालयले समन्वयका लागि परराष्ट्र मन्त्रालय, काठमाडौं तथा नेपाली दूतावास, दोहा (कतार) सँग सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: