घृणा र द्वेष फैलाएको आरोपमा रास्वपाका कपिलवस्तुका नेता भट्टराई पक्राउ
२९ माघ २०८२
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुकमार्फत ती कागजात सार्वजनिक गरेका थिए । सोही विषयमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: