रास्वपा मकवानपुरका सभापतिले छाडे पार्टी, कांग्रेसमा प्रवेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ बाट सोमबार विहान टीकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
उनीसंगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला काङ्ग्रेसमा फर्किएका छन् । पराजुलीले रास्वपामा सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएकाले पार्टी छाडेको बताएका छन् ।
उनले कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग आफू सहमत हुन नसकेको उल्लेख गरेका छन् । पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए ।
उनले १२ हजार ३९ मत ल्याएका थिए । पराजुली यसअघि नेपाली कांग्रेसमै थिए । २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्: