शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र आयोगलाई कांग्रेसको विशेष धन्यवाद
२१ फाल्गुन २०८२
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ ।
मतदान सकिएपछि पार्टी सभापति गगन थापाले विज्ञप्ति जारी गरी भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं । निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं ।’
उनले निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वासलाई पुष्टि गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: