प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका ई. मोहन आचार्य विजयी हुनुभएको छ ।

१० हजार ६सय ५६मत प्राप्त गरी काँग्रेसका आचार्य विजयी हुनुभएको हो । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै आचार्य विजयी हुनुभएको हो ।

उहाँको यो तेस्रो जित हो।उहाँ रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको थियो ।

हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना रहेका छन् ।