अछाम-१ मा कांग्रेसका स्वाँर निर्वाचित, भीम रावल पराजित

२३ फाल्गुन २०८२

काठमाडौं । अछाम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा.भीम रावल पराजित गर्दै स्वाँर निर्वाचित भएका हुन् । स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा रावलले १० हजार २३३ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले एक हजार ७३९ र राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याएका छन् ।