कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा अन्तरघात गर्नेकाबारेमा परेका उजुरीको अध्ययन गर्ने
२९ फाल्गुन २०८२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले उजुरीको अध्ययन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै विभिन्न जिल्लाबाट समितिमा उजुरी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: