कवाड संकलन केन्द्रमा महानगरपालिकाको डोजर

४ बैशाख २०८२

काठमाडौं, ४ बैशाख, स्वच्छ खबर । काठमाडौं महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

महानगरपालिकाले आज बालकुमारीमा रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको हो ।

यसअघि पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि डोजर लगाइएको महानगरपालिकाले जानकारी दिएको छ ।