शिक्षकहरूको सडक आन्दोलन १६औँ दिन थप आक्रमक बन्दै तर सरकार गम्भिर बनेन

४ बैशाख २०८२

काठमाडौं, ४ बैशाख, स्वच्छ खबर । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ ।

जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको हो । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ ।

१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका हुन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।