तीनकुने घटनामा थप एकजना पक्राउ
८ बैशाख २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ५ का ४८ वर्षीय ओमप्रकाश लुईटेल रहेका छन् ।
लुईटेल तीनकुनेमा भएको तोडफोड तथा आगजनी लगायतका कार्यमा संलग्न रहेकोक प्रहरीको दाबी छ ।
उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ परेकालाई पनि थुनामा राख्न अदालतले दिएको म्याद त्यसैमितिमा सकिँदैछ ।
त्यसपछि सबैलाई एकसाथ अदालतमा थप म्याद लिन उपस्थित गराउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्: