कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका
१० बैशाख २०८२

काठमाडौं । हिजो भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका युवक भएको खुलेको छ ।
मारिने बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्। यस्तै सुदीपकी आमा रेनु पाण्डे भने घाइते भएकी छिन् ।
सन्दीप गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए । उनको शव नेपाल ल्याइँदैछ ।
घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्: