थाइल्याण्डबाट स्वदेश फर्किए देउवा परिवारः भने सरकार परिवर्तनको कुरा हल्ला मात्रै

१२ बैशाख २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् ।

आज थाइल्याण्डबाट स्वदेश फर्किएका देउवाले विमानस्थलमा कुराकानी गर्दै सरकार परिवर्तनको हल्ला सत्य नरहेको स्पष्ट पारेका हुन् ।

सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।