च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग

१६ बैशाख २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए ।

अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो र ?

यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ? आज प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको छ । उनले तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था भए एमालेले भन्दा आफ्नो पार्टी धेरै भाडा दिन तयार रहेको बताए ।