खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त
१७ बैशाख २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: