उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गरिने
१९ बैशाख २०८२
काठमाडौँ । सरकारले उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ । अनावश्यक सार्वजनिक संरचना गाभ्ने खारेज गर्ने वा पुनर्संरचना गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको कार्यक्रममा चालू खर्च वाञ्छित सीमामा राखिने उल्लेख गरिएको छ । त्यस्तै सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिने भएको छ ।
औद्योगीकरण, लगानी प्रवर्द्धन तथा अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन गर्ने गरी कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, कर प्रशासन सुधार, करदाता मैत्री राजस्व प्रणाली लागू गरिनेछ । वैदेशिक लगानीलाई उच्च प्रतिफल दिने भौतिक आयोजनामा केन्द्रित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्: