सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२२ बैशाख २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।