रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२५ बैशाख २०८२
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस मोना सिंहको इजलासले उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूविरूद्व संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।
यस्तै अदालतले अन्य ४० जनालाई भने थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूविरूद्व आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको हो । गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: