इजरायलले भन्यो- विपिन जोशीको जीवनको संकेत भेटिएन

२६ बैशाख २०८२

काठमाडौं । इजरायलले हमासको नियन्त्रणपछि सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवनको संकेत पाउन नसकिएको बताएको छ ।

इजरायली अधिकारीहरूले जोशीसहित तीनजनाको जीवनको संकेत नभेटिएको बताएका हुन् ।

विपिनसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको छ ।