सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ करोबार ?

२८ बैशाख २०८२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यससँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यससँगै यसअघि तोलामा १९ सय ६० कायम भएको चाँदीको मूल्य आइतबार १९ सय ७० रुपैयाँ कायम भएको हो ।