इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर
५ जेष्ठ २०८२
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।
उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।
विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।
तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: