प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम नहुने

७ जेष्ठ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको हो ।

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसद जान नसक्ने बताए । सोही कारण आज प्रधानमन्त्री ओली संसदमा नजाने बर्तौलाले बताए ।

स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुखको सचिवालयले जनाएको छ ।