प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
७ जेष्ठ २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि काँग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।
विशेषतः दुई शीर्ष नेताबीच राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्: