राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

८ जेष्ठ २०८२

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो ।