एनआरएनए एनसीसी अष्ट्रेलियामा ठुलो दरार

काठमाडौँ । एनआरएनए एनसीसी अस्ट्रेलिया फुट्ने सङ्घारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटीका कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको सङ्घारमा पुगेको पाइएको हो ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिएको आइसिसी महेश श्रेष्ठको नेतृत्वलाई एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले बेवास्ता गर्दा एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना देखिएको हो । पोख्रेलले आफ्नै वरिपरिका मान्छे मात्रै बनाउँदै लैजानु, एमआइएस प्रविधि प्रयोग गरेर मेम्बरसिप बनाउनको लागि दबाब दिने गरेको र बद्री केसीले त्यसलाई इलिगल तरिकाले एमआइएस कब्जा गरेकोले त्यसलाई मान्यता नदिने वर्तमान अध्यक्ष महेश श्रेष्ठको अठान रहेको छ ।
आइसिसीमा भएको विवादलाई बाहिर राखेर तसष्ठ नबस्ने गरेकाले एनआरएनए एनसीसी अष्ट्रेलियामा ठुलो दरार आइरहेकोले जनसम्पर्क समिति अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष इथान शाक्यले जानकारी दिए । उनका अनुसार नेपाल परराष्ट्रमन्त्रालयले श्रेष्ठ नेतृत्वको टिमलाई आधिकारिक दिँदा समेत पोख्रेलले नमानेकोले यसले केहि समयमै एनआरएनए एनसीसी अस्ट्रेलिया दुई हुने शाक्यले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्: