राष्ट्रिय समता दिवसको सन्दर्भमा सञ्चार सम्वाद कार्यक्रम सम्पन्न

१२ जेष्ठ २०८२

काठमाडौं । संविधान सभाको पुर्ण बैठकले जातीय भेदभाव छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित भई मुलुकले विभेद विरुद्ध कानुन प्राप्त गरेको दिन, नबराज बि. क. सहित कलिला युवाहरुको जातीय विभेदकै कारण सामुहिक नरसंहार गरिएको कहालीलाग्दो दुखद दिन, मुलुकमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले समता आन्दोलन शुभारम्भ गरेको दिन २००९ साल र राष्ट्रिय समता दिवसको सन्दर्भ पारेर राष्ट्रिय दलित पत्रकार संघ नेपाल, नेपाल दलित महिला संघ (एड्वान) र जागरण मिडिया सेन्टरको आयोजनामा सञ्चार संवाद कार्यक्रम आयोजना गरिएको हो ।

मुलुकका लाखौं उत्पीडित दलित समुदायका जनताले उत्पीडन विरुद्धको कानुन प्राप्त गरेको एइतिहासिक दिनको सम्झना–अर्थात २०६८ जेष्ठ १० गते जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित भएको दिन, रुकुम सोती मा नरसंहार भएको दिन पारेर उक्त कार्यक्रम गरिएको हो ।

कमला विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका सह–महामन्त्री सासद जीवन परियार, संविधान सभा सदस्य तेज मिजार, लक्ष्मी परियार, विनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्द, लेखक जे. बि बिश्वकर्मा, गौरा नेपाली, श्रमजीवी पत्रकार सघका अध्यक्ष जन्मदेब जैसी, रक्तिम सांस्कृतिक अभियानका नारायण शर्मा, एकीकृत दलित मुक्ति मोर्चाका सयोजक टेक बिश्वकर्मा लगायतले बिचार राख्नु भएको थियोे । कार्यक्रममा बाल्ने वत्ताहरुले विभेद विरुद्ध र समतामुलक समाज समाज निर्माणमा दलित गैरदलित सबै एकजुट आह्वान गरेका छन् ।