चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
१६ जेष्ठ २०८२

काठमाडौं । सरकारले चैते धानखेतीलाई प्रवर्द्वन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धानखेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।
उनले भने, ‘चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेकाछौं । सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ’।
सरकारले धानउत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धानखेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: