रवीन्द्र मिश्र र धवल शमशेरलाई पुनः पक्राउ गर्ने तयारी

३१ जेष्ठ २०८२

काठमाडौं। हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ ।

उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । विहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि उनीहरूको थुनछेक बहस नभएका कारण अहिले केही आदेश भएको छैन ।

मुद्दाको अनुसन्धान प्रक्रियाका लागि हाजिर नभएपछि खोजी कार्य सुरू भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले पनि मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भएको बताए ।